Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


काठमाडौं माछापोखरीमा बस दुर्घटना, २० जना घाइते


2.7k
Shares

काठमाडौं ।

काठमाडौंको माछापोखरी नजिकै आज बिहान भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्।

तारकेश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको बा ५ ख ५० नम्बरको बस माछापोखरी बाइपासको उकालो चोकमा पल्टिएको हो।

एक बाइकलाई साइड दिने क्रममा बस अनियन्त्रित भई मुख्य सडकमै पल्टिएको प्रहरिले जानकारी दिएकाे छ। दुर्घटनामा परेका घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

बस दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।