काठमाडाैं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा संखुवासभा घर भइ बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर रहेकाे प्रहरिले जनाकारी दिएकाे छ ।
प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा उनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
त्यहाँ सेना र प्रहरीले शवलाई घेरेर राखेका छन्। प्रहरीका अनुसार अहिले कानुनी प्रक्रिया चलिरहेको र त्यो पूरा भएपछि शव पोस्टमर्टमका लागि लगिनेछ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्