
काठमाडौं । अन्तरिम सरकारका ३ जना मन्त्रीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन् ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोड्फोड र क्षतिको मूल्यांकन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृह मन्त्री ओमप्रकाश अर्याल बुधबार क्वाटर परिसरमा पुगेर वस्तुस्थितिको अवलोकन गरेका हुन् । करिब एक अर्बको लागतमा बनेको निवासहरु गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले क्षतिग्रस्त भएको थियो ।
सोही दिन जेनजी पुस्ताका हजारौं युवाले राजधानीमा आयोजना गरेको प्रदर्शनमा मन्त्री निवास नजिक पुगेपछि केही समूहले निवासको गेट, सिसा र सुरक्षा संरचनामा तोड्फोड गरेका थिए । मन्त्रीहरूले निरीक्षणको क्रममा क्षतिको विवरण संकलन गर्दै त्यसको पुनर्निर्माण तथा मर्मतको लागि तत्काल आवश्यक निर्णय गरिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्