Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


धादिङमा बस र टिपर ठोक्किँदा पाँच घाइते


910
Shares

धादिङ । धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिल्लामा बुधबार बिहान साढे ८ बजे बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौं जाँदै गरेको प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६० नम्बरको टिपर आपसमा ठोक्किँदा बस चालकसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइतेहरूमा बस चालक रूपन्देहीका २७ वर्षीय सन्देश अधिकारी, ६० वर्षीया आइतबहारी थारू, कमल सारू मगर, पंकज पाण्डे र पुनम थसु छन्। आइतबहारी थारूलाई काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ भने अन्यको थाक्रे पोलिक्लिनिकमा उपचार भइरहेको छ।

टिपर चालक नुवाकोटका २८ वर्षीय प्रबिन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि अवरुद्ध सडक एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ।

Skip This