Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


आज राष्ट्रिय शाेक, देशभर सार्वजनिक बिदा


78
Shares

काठमाडौँ ।

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गते सार्वजनिक बिदा घोषणा गरिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

यस निर्णयसँगै आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शैक्षिक संस्था तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुनेछ । साथै, राष्ट्रिय झन्डा आधा झुकाएर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिनेछ ।