Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतले गर्‍यो स्वागत


1.768k
Shares

काठमाडौं । भारतले सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ।

राष्ट्रपतिबाट शपथग्रहण सकिएको केही बेरमै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो। यसले नेपालको शान्ति र स्थिरता कायम गर्न मद्दत गर्नेछ भन्नेमा आफूहरू आशावादी रहेको भारतले जनाएको छ।

‘नजिकको छिमेकी, लोकतान्त्रिक साझेदार तथा दीर्घकालीन विकास साझेदारका हैसियतले भारत नेपालसँग दुवै देश र जनताको हित तथा समृद्धिका लागि नजिकबाट सहकार्य गर्न निरन्तर तयार रहनेछ”, विज्ञप्तिमा भनिएको छ।