Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक काममा आवतजावत गर्न पाइने


0
Shares

काठमाडौं । अत्यावश्यक कार्यका लागि बिहान ६ देखि ११ बजेसम्म खुला रहेको छ । बिहान ६ बजेसम्म लागेको कर्फ्यु ११ बजेसम्म हटाइएको हो ।

११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । साँझ ५ देखि ७ बजेसम्म खुला रहने नेपाली सेनाले जनाएको छ ।

सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ ।

बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने भए पनि ससानो समूहमा मात्र कार्य गर्न सेनाले आग्रह गरेको छ ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका ९एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायत इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने० सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ ।