
काठमाडौं । जेनजी युवाहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् ।
सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर र कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
संसद भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसक्नुभएकाे छ । जेनजी युवाहरु उग्र प्रदर्शन साेमबारदेखि जारी रहेकाे हाे ।
प्रतिक्रिया दिनुहोस्