Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


जेनजी आन्दोलनलाई लक्षित गर्दै रुपन्देहीमा कर्फ्यु


0
Shares

बुटवल । जेनजी समूहको सम्भावित प्रदर्शनलाई लक्षित गर्दै रुपन्देही जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेले जारी गरेको आदेशमा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने भन्दै निषेधाज्ञा आवश्यक भएको जनाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क)अनुसार जारी गरिएको आदेशअनुसार, पाँच जनाभन्दा बढी भेला भई विरोधका कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ। आदेशको उल्लंघन गर्नेहरूमाथि प्रचलित कानून अनुसार कारवाही गरिने सूचनामा उल्लेख छ। यसअघि हिजो दिउँसो ४ बजेदेखि राति १० बजेसम्म पनि अस्थायी निषेधाज्ञा जारी गरिएको थियो।

Skip This