Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


काठमाडौंमा ‘जेनजी’को आन्दोलनमा प्रहरीको गोली, २ पत्रकारसहित केही घाइते


13
Shares

काठमाडौं । संसद भवन अगाडि ‘जेनजी’ आन्दोलन अनियन्त्रित हुँदा प्रहरीले गोली चलाएको छ।

घटनामा नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना र कान्तिपुरका क्यामेरामेन श्याम श्रेष्ठसहित केही प्रदर्शनकारीहरू समेत घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकाे छ ।

प्रत्यक्षदर्शीका अनुसार केही सुरक्षाकर्मीहरू पनि झडपमा परी घाइते भएका छन् । घटनास्थलबाट घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको प्रहरीले बताएकाे हाे।