
काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दावी गर्नुभएको छ ।
ललितपुरको गोदावरीस्थित सनराईज हलमा शुक्रबार एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले यस्ताे दावी गर्नुभउकाे हाे । सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर अघि बढयौं भने एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने उहाँको जिकिर थियो ।
सोही निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने समेत उहाँकाे भनाइ छ । सरकारमा रहेकाले एमालेले निर्वाचनमा धाँधली हुन नदिने र बहुमत ल्याउने प्रधानमन्त्री ओलीले बताउनुभयो । निर्वाचनमा बहुमत ल्याउने पार्टीको संकल्प अनुसार अघि बढन पनि पार्टीका नेता तथा कार्यकर्तालाई उहाँले निर्देशन दिनुभएकाे छ ।
प्रधानमन्त्री ओलीले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनका लागि नै मिसन २०८४ लाई गम्भीरताका साथ अघि बढाएको समेत दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्