
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको छ। बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने एमालेले जनाएकाे हाे ।
त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूकाे बारेमा समेत बैठकले निर्णय गर्ने बुझिएकाे छ ।







प्रतिक्रिया दिनुहोस्