
एजेन्सी । इजरायली सेनाकाे आक्रमणमा परी गाजापट्टीमा ६४ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
इजरायली सेनाले विस्तारित लडाइँ अघि गाजा शहरका बासीन्दाहरूलाई त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको हाे । गाजाको नागरिक रक्षाका प्रवक्ता महमुद बसालले गाजा शहरको दक्षिणपश्चिममा रहेको ताल अल–हवा छिमेकमा रहेको एउटा अपार्टमेन्ट भवनमा इजरायली विमानले बम विष्फोट गर्दा १४ जनाको मृत्यु भएको बताउनुभएकाे छ ।
शहरको पूर्वमा रहेको अल–दराज छिमेकमा रहेको एउटा आवासीय घरमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको हाे । बसालले उत्तरी गाजा शहरको अल-नासर र शेख रदवान छिमेकमा विस्थापित बासीन्दाहरूलाई आवास गर्ने अपार्टमेन्ट र पालहरूमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको बताउनुभएकाे छ। उहाँले पट्टीको उत्तरमा रहेको जबालियामा प्यालेस्टिनी भेलामा बम विष्फोट हुँदा ५ जनाको मृत्यु भएको समेत उहाँले बताउनुभएकाे हाे ।
प्रवक्ता बसालले पश्चिमी गाजा शहरको समुद्र तट नजिकै रहेको खाना भण्डारमा आक्रमण हुँदा ३ जनाको मृत्यु भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्