
काठमाडाैं । शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लबको हारसँगै जारी राष्ट्रिय फुटबल लिग छनोट रोचक बनेको छ ।
समूहको शीर्ष दुई टोली सिधै राष्ट्रिय महिला लिगमा छनोट हुने प्रावधान रहेको हाे। दुवै लिग खेल अन्तिम चरणमा पुग्दा समूहबाट छनोटका लागि प्रतिष्पर्धा रोमाञ्चक बनेको छ । समूह ‘ए’ बाट दुई टोली नै छनोट हुन बाँकी छन् । समूह ‘बी’ बाट संकटा छनोट भइसकेको छ । सिधै छनोटबाट चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउँदा तेस्रो स्थान रहेको दुई टोलीबीच प्लेअफमा प्रतिस्पर्धा हुने भएका छन् ।
राप्ती फुटबल क्लबले बुधबार चर्च ब्वाइजलाई २–१ गाेलले पराजित गरेसँगै समूह ‘ए’ बाट छनोट रोमाञ्चक बनेको हो । यो नतिजासँगै शीर्ष चारका टोली राप्ती, चर्च ब्वाइज, आरएस रिसोर्ट एन्ड बीच फुटबल क्लब र छहारी युवा क्लवको छनोट हुने सम्भावना देखिन्छ । लिगको ६ खेल पूरा गरिसकेको राप्तीको १३ अंक छ । समान एक खेल बाँकी रहेका चर्च ब्वाइज र आरएस रिसोर्टको समान १२ अंक छ ।
चर्च ब्वाइज र आरएस रिसोर्टले समान एक खेल बाँकी छ । एक खेल नै बाँकी रहेको चौथो स्थानको छहारीको १० अंक छ । आगामी शनिबार अन्तिम खेलमा चर्च ब्वाइज र छहारी युवा क्लव भिड्ने भएका छन् । साेही खेलले नै छनोट हुने अर्को टोलीको टुगाे लाग्ने भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्