१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


अल्काराज युएस ओपनको सेमिफाइनलमा


117
Shares

काठमाडौं ।
स्पेनिस खेलाडी कार्लोस अल्काराज यु.एस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्राण्डस्लामको क्वाटरफाइनलमा अल्काराजले चेक गणतन्त्रका जिरि लेहेच्कालाई सोझो सेटमा हराएका हुनु ।

लेहेच्काविरुद्धको खेल अल्काराजले ६–४, ६–२ र ६–४ को सोझो सेटमा जिते । अल्काराजले अब फाइनल प्रवेशको लागि २४ पटकका ग्राण्डस्लाम विजेता नोभाक जोकोभिच वा अमेरिकाका टेलर फ्रिट्जको सामना गर्नेछन् ।

उता महिलातर्फ अमेरिकी खेलाडी जेसिका पेगुला सेमिफाइनलमा पुगेकी छिन् । क्वाटरफाइनलमा चेक गणतन्त्रकी बार्बोरा क्रेचिकोभालाई ६–३ र ६–३ को सोझो सेटमा हराउँदै पेगुला सेमिफाइनलमा पुगेकी हुन् ।