Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


गोरखामा रात्रिबस दुर्घटना, केही घाइते


2.8k
Shares

गोरखा। गोरखामा रात्रिबस दुर्घटना भएकाे छ।

भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसीस्थित गँगटे मोडमा यात्रुबाहक रात्रिबस दुर्घटना भएकाे हो। काठमाडौंबाट आरुघाट–माछीखोला तर्फ जाँदै गरेको सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ। उनीहरूको उद्दार कार्य जारी रहेको छ भने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू मिलेर उद्दार कार्यमा खटिएको बताइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप विवरण प्राप्त हुनासाथ जानकारी दिने जनाइएको छ।

Skip This