Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


सामाजिक सञ्जालमा नक्कली आईडी बनाउँदै ठगी गरेको आरोपमा काभ्रेका लामा पक्राउ


3.4k
Shares

काठमाडौं । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौंमा एकजना पक्राउ परेका छन् । कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भएका २७ वर्षीय रवि लामालाई प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, टिकटक लगायतमा नक्कली आईडिको प्रयोग गरी साथी बनाई उपचारमा सहयोग गर्ने, रोजगारी मिलाई दिने जस्ता झुट्ठा आश्वासन देखाई तथा विभिन्न प्रलोभनमा पारी पीडितबाट रकम लिई ठगी गरिरहेका थिए ।

ठगी कार्यमा संलग्न भएको पाइए पछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं चाबाहिल गणेस्थानबाट पक्राउ गरेको हो । उनलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।