Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना


1.8k
Shares

काठमाडाैं ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Skip This