Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


सुनसरीको इनरूवाका वडाध्यक्ष थापाविरूद्ध पक्राउ पुर्जी जारी


3.2k
Shares

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

थापाविरुद्ध शरीर अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीलाई पुर्जीको अनुमति दिएको हो। २०८१ साल फागुन २२ गते चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा पछाडि बसेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन।

लामो उपचार गरे पनि उनी अहिले अशक्त भएकी छन्। सोही प्रकरणमा पीडित पक्षले उच्च अदालत विराटनगर रिट दायर गरेको थियो । उच्चले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दियो । त्यसपछि थापाविरुद्ध प्रहरीले मुद्दा अघि बढाएको हो।