Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


आजको माैसम: केही स्थानमा हल्कादेखि मध्यम वर्षा


1.1k
Shares

काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बिहीबार बिहान देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा चितवनको काली खोलामा २५ मिलिमिटर वर्षा भएको छ। बर्दियाको स्यानो श्री चेपाङमा २०.६ मिलिमिटर, बाराको सिमरामा १४.४ मिलिमिटर, काभ्रेपलाञ्चोकको नालमा १०.२ मिलिमिटर वर्षा भएको छ। अन्यत्र पनि हल्कादेखि मध्यम वर्षा भइरहको छ।

बिहीबार दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भु-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबा राति देशभर साधारणतया बदली रहनेछ । राति देशका पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशका तराइका भू-भागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।

Skip This