Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


रुबी हत्या प्रकरण: आराेपी घाइते पासवानलाई बर्न अस्पताल ल्याइयाे


9.1k
Shares

रौतहट । रुबी साह हत्याको आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचामा पासवानले आफैँले शरीरमा डिजेल खन्याई आगो लगाएका थिए।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई उद्धार गरी तत्काल अस्पताल पुर्‍याएको थियो। प्रहरी स्रोतका अनुसार उनको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक २६ वर्षीया रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो। शव डोरीले बाँधिएको अवस्थामा भेटिएकोले यसलाई योजनाबद्ध हत्या मानिएको हो। अनुसन्धानका प्रारम्भिक तथ्यअनुसार, पासवानले गौरस्थित डेरामा रुबीको हत्या गरी शव सुटकेसमा हालेर इ–रिक्सामा लैजान खोजेका थिए।

Skip This