९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


पोखरामा माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते, थप विवरण आउन बाँकी


819
Shares

काठमाडौं । कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–१३ आर्वास्थित मड्केल्नाको ओरालोमा सोमबार दिउँसाे माइक्रोबस दुर्घटना भएको हो । आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेकाे प्रहरीले बताएको हो ।

यात्रु लिएर काहुँखोलातर्फ जाँदै गरेको माइक्रोबस मडकेल्नाको घुम्तीको ओरालो सडकको दायाँतर्फको भित्तामा ठोक्किंएर दुर्घटनामा परेको प्रहरीले बताएको छ । घाइतेको अवस्था सामान्य रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको हो ।

पोखरा–१३ की ५५ वर्षीया जमुना बराल र ५२ वर्षीया कोपिला बराललाई बढी चोट लागेको कार्यालयले जनाएको छ । सोही घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको हो ।