
काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो आग्रह गर्नुभउको हो । त्रिविमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको समेत उहाँले बताउनुभएको छ। उहाँले प्राध्यापकहरुको सुरक्षाको लागि पिएसओ खटाएको जानकारीसमेत गराउनुभयो ।
गृह मन्त्रालयले खटाएको पिएसओ फिर्ता गर्ने वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभएको छ । त्रिविमा विभिन्न दलका भातृसंस्थाले बन्द गर्ने, प्राध्यापकमाथ हातपात गर्ने र तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन् ।
गृहमन्त्री लेखकले द्वन्द्व न्यूनिकरणको लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको बताउनु भयो । उहाँले आत्महत्या नियन्त्रण गर्नको लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको समेत उल्लेख गर्नुभएको छ ।
द्वन्द्वका क्षेत्रमा पनि मिलेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्