५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


बालबालिकाको अवैध ओसारपसार सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न एमाले सचिव भट्टराईको माग (भिडियाेसहित)


325
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उपसभामुख इन्दिरा राना मगर तत्कालिन अवस्थामा कार्यकारी प्रमुख रहेको संस्था पिए नेपाल समेत बालबालिका ओसारपोसार संलग्न रहेको भनेर जाँचबुझ आयोगले प्रतिवेदन तयार पारेको बताउदै उहाँले प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

उपसभामुख मगरको अविश्वासको प्रस्तावलाई संवैधानिक परिषदको बहुमतसँग जोड्न आवश्यक नभएको उहाँको भनाइ छ । उपसभामुख मगरको विषयलाई लिएर इमोसनल ब्ल्याकमेलिङ गरेर विषयान्तर गर्ने कार्य गलत भएको उहाँको तर्क थियो ।

एमाले सचिव भट्टराईले उपसभामुख मगरको विदेश भ्रमण समेत संकात्मक रहेको बताउनुभएको छ । उहाँले १७ पटक विदेश भ्रमण गर्दा सभामुखसँग ७ पटक मात्र स्वीकृत गरेर विदेश भ्रमण गरेको समेत उल्लेख गर्नुभयो ।

सोही विषयमा पनि छानविन गर्नका लागि आवश्यक रहेको उहाँको भनाइ छ ।