Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पारित


1.5k
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयक शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ।

सिंहदरबारमा बिहीबार बसेको शिक्षा समिति बैठकले उक्त विधेयक पारित गरेको हो। पारित भएको विधेयक संसद बैठकमा पेश हुने समितिले जनाएको छ। यसअघि समितिबाट पारित गर्ने तयारी भएता पनि विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन।

सोही विधेयकलाई पारित गर्नका लागि समिति बैठक बिहबिार बिहानैदेखि बसेको थियो । तोकिएको समयमा शिक्षा विधेयक पारित नहुँदा शिक्षकहरुले आन्दोलन गर्ने भन्दै सरकारलाई चेतावनी समेत दिदै आएका छन् । उनीहरुले शान्तिपूर्ण रुपमा भने आन्दोलन बिहीबारदेखि नै शुरु गरिसकेका छन् ।

यहि भदौ ९ गतेदेखि भने विद्यालय नै बन्द गरेर आन्दोलन गर्ने उनीहरुको योजना रहेको थियो ।

Skip This