५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्री लेखकको निर्देशन


0
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पुर्‍याउन निर्देशन दिनुभएको छ ।

काठमाडौंमा बिहीबार नेपाल प्रहरीले आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाई यस्तो निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको उपस्थिति रहेको बताउनुभयो । उहाँले आरक्षणमा राखिएको २० प्रतिशतलाई परिणाममा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले त्यसको लागी सरकार र मन्त्रालयले गर्नुपर्ने सबै सहयोग गर्ने बताउनुभयो । नेपाल प्रहरीमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पुर्‍याउन दीर्घकालिन रुपले काम गर्ने पनि जानकारी दिनुभउको छ । २०६२/०६३ सालमा देशमा आएको परिवर्तपछि नेपाल प्रहरीमा महिलाको संख्या १२ प्रतिशत पुगेको समेत उहाँको दावी छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो अठोट र २०७२ सालको संविधानले मुलुकमा ठूलो परिवर्तन ल्याएको उहाँको भनाइ छ । तर यत्तिमा मात्रै चित्त बुझाएर बस्ने ठाउँ भने नरहेको उहाँले बताउनुभयो

उहाँले गृह मन्त्रालयले नीतिगत र कानूनी सुधारलाई अगाडी बढाएको पनि जानकारी गराउनुभएको छ । प्रहरी ऐनको मस्यौदा तयार पारेर संसदमा दर्ता गरिएको उहाँले बताउनुभइको थियो । चालु आर्थिक वर्षभित्रै प्रहरी सम्बन्धि ऐन संसदबाट पारित हुने उहाँको भनाइ छ । हाल प्रहरी नियमावलीको भरमा चलेकोले अस्थिर हुनुपरेको समेत उहाँले बताउनुभयो । उहाँले सर्वोच्व अदालतले १० वर्ष अगाडी प्रहरी ऐन ल्याउने आदेश दिएको भएपनि हालसम्म ल्याउन नसकिएको बताउनुभएको छ ।

नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल दुवै संगठन सम्बन्धी कानूनलाई छिट्टै पारित गर्ने उहाँले जानकारी गराउनुभयो ।