१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


नारायणगढ–मुग्लिन सडक अवरुद्ध


676
Shares

चितवन ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खस्दा बाटो पूर्ण रुपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान जाँदा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले बाटो बन्द भएको हो ।

पहिरोका कारण अहिले चितवन भएर नारायणगढतर्फ जाने र मुग्लिन हुँदै चितवनतर्फ आउने सबै सवारी साधन रोकिएका छन् ।

चितवन प्रहरीका कार्यलका अनुसार ठूला ढुङ्गा खसेकाले पहिरो पन्छाउन केही समय लाग्ने बताइएकाे छ । डिभिजन सडक कार्यालयसँग समन्वय गरि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएकाे छ ।