Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


दमकको सार्वजनिक जग्गा हिनामिना प्रकरण : नौं जना भ्रष्टाचारी ठहर


689
Shares

काठमाडाैं ।

विशेष अदालतले झापाको दमकमा सरकारी सार्वजनिक जग्गा स्ववासी भन्दै व्यक्तिका नाममा गरेको अभियोगमा नाैं जनालाई दोषी ठहर गरेको छ ।

विशोष अदालतका अध्यक्ष टेकनाराण कुँवर र सस्यदद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलाशले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनीहरुलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएकाहरुमा झापाको नापी कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, सर्वेक्षक विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेशकुमार धिमाल रहेका छन् ।

सार्वजनिक जग्गालाई स्वावसी प्रक्रियाबाट विभिन्न व्यक्तिहरूको नाउँमा दर्ता गर्ने काममा उनीहरुको प्रत्यक्ष संलग्नता देखिएको विशेषको ठहर छ । दोषी ठहर भएकाहरुलाई तीन महिनादेखि १ वर्ष कैद र ३१ लाख रूपैयाँसम्म जरिवाना तोकिएको छ ।

Skip This