Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


त्रिभुवन विमानस्थलमा भिजिटर पास वितरण बन्द


2.1k
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज (मंगलबार) देखि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गरेको छ।

विमानस्थलमा भनसुनका आधारमा पास लिने गुनासो बढेपछि यो निर्णय गरिएको हो। महाप्रबन्धक हंसराज पाण्डेका अनुसार सुविधादेय समितिको निर्णयअनुसार आजदेखि भिजिटर पास वितरण रोकिएको हो।

विमानस्थलले वृद्धवृद्धा, फरक क्षमता भएका, गर्भवती तथा नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ। ह्विलचेयर जस्ता सेवा वायुसेवा कम्पनीको सहयोगमा उपलब्ध हुने छन्।

Skip This