
काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कानूनमन्त्री चौरसियाले यस्तो चुनौती दिनुभएको हो । सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै कल विवरण सार्वजनिक गर्न माग गर्नुभएको थियो ।
कानूनमन्त्री चौरसियाले बाहिर आएजस्तो दलीय प्रभाव पर्नेगरी न्यायाधीश नियुक्ति नगरिएको बताउनुभयो । उहाँले आफूले नैतिकता र चरित्रमा आधारित राजनीतिक जीवन बिताएको दाबी गर्दै खहरे खोलाजस्तो अनुशासनहिन नभएको जिकिर गर्नुभयो ।
कानूनमन्त्री चौरसियाले न्यायाधीश नियुक्तिमा कुनै सिण्डिकेट वा दलीय प्रभाव नपरेको समेत स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्