३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


शिक्षा विधेयक टुंग्याउँछौं : महामन्त्री शर्मा


1.066k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयक शिक्षकहरुसँग भएका सम्झौताहरु अक्षरशः लागू गर्दै संसदबाट पारित हुने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै महामन्त्री शर्माले समाज र देश बनाउन सबै एकसाथ भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले देश समृद्ध बनाउन बाटो बनाउनुपर्ने, बिजुली उत्पादन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

महामन्त्री शर्माले सामाजिक रुपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झण्डा भने शिक्षकहरुले मात्रै उठाउनसक्ने बताउनुभयो । राजनीति र विद्यालय बीचको सहकार्य विषय सामाजिक रुपान्तरण भएको उल्लेख गर्नुभयो । स्थानीय तह र विद्यालयबीचको सहकार्यको विषय भनेको सामाजिक रुपान्तरण भएको बताउनुभयो ।

महामन्त्री शर्माले सामाजिक रुपान्तरणको मुद्दा शिक्षकहरुको बन्नुपर्ने बताउनुभयो ।