काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवारलाई मतदान गर्न आन्तरिक सर्कुलर गरेको छ ।
कांग्रेसले पार्टी समितिमा रहेका आफ्ना सांसदहरूलाई सोही सर्कुलर गरेको हो । शिक्षा समिति र संयुक्त समितिमा सभापतिका लागि दुई/दुई जनाको उम्मेदवारी परेको छ । शिक्षा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट ओजस्वी शेरचन र एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको हाे।
त्यस्तै, संयुक्त समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्