२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियो : वेदुराम भुसाल


364
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरिएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले विगत लामो समय देखि घाटाको बजेट प्रश्तुत हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले अर्थमन्त्रीले मुलुकको यथार्थमा टेकेर बजेट ल्याएको भनेपनि घाटाको अनुपात बढेको बताउनुभयो । मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुन नहुने भएपनि नेपाल ३० प्रतिशत घाटामा गइसकेको उहाँको जिकिर छ । कृषि, उद्योग, पर्यटन, उर्जा लगायतका क्षेत्रमा बजेट कटौति गरेकै कारण उत्पादन र रोजगारी सिर्जनामा वृद्धि गर्ने कुरा सम्भव नहुने उहाँको जिकिर छ ।

उत्पादक क्षेत्रको बजेट कटौति गरेर अनुपात्दक क्षेत्रमा बजेट खन्याएको भन्दै उहाँले अर्थमन्त्रीको आलोचना पनि गर्नुभयो ।