
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरी रहेको बताउनुभएको छ ।
शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कानूनमन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरुका लागि सहयोगी बनेको बताउनुभयो । उहाँले सरकारले व्यापार प्रवद्र्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा विरोध भएको बताउनुभयो । राम्रा कुराहरुको विरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने बताउनुभयो ।
मन्त्री चौरसियाले लोकतन्त्रको बिरुद्धमा उठ्ने आवाजलाई सबै मिलेर आफ्नो तहबाट जवाफ दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्