 
	    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रतिगमन नहुने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा प्रतिगमन नहुने बताउँदै नयाँ राजनीतिक दलहरुलाई छिचमिराको संज्ञा दिँदै छिचमिराको जमाना नआउने बताउनुभयो । उहाँले देश नेकपा एमालेले भनेको गन्तव्यतिर अघि बढ्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेस एमाले मिल्नु हुँदैन भन्ने मान्छे नभेट्टाएर बैंकक नगएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)तर्फ लक्षित गर्दै उहाँले देउवालाई अहिले पनि तपाईं नै प्रधानमन्त्री बन्नस्, साथ दिन्छौँ भन्नेहरु धेरै रहेको बताउनुभयो । १४-१५ महिना पर्खिएर प्रधानमन्त्रीमा देउवालाई साथ दिन पनि आग्रह गर्नुभयो । पछिका लागि पनि अहिले नै साथ दिँदा उपयुक्त हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले १५ महिनापछि सभापति देउवालाई नै देशको प्रधानमन्त्री बनाउने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्