 
	    काठमाडौं । नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष मिश्रले यस्तो बताउनुभएको हो । उहाँले बार एशोसिएसनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी रहेको बताउनुभयो ।
अध्यक्ष मिश्रले अहिलेको बार एशोसिएशनसँग २०६२ ÷०६३ सालको कार्यसमितिको जस्तो अपेक्षा नगर्न पनि आग्रह गर्नुभयो । उहाँले अहिलेको परिस्थिति भिन्न रहेकाले भिन्नै तवरबाट समस्याहरुको समाधान हुनुपर्ने बताउनुभयो । उहाँले आफूहरुले अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरुको क्षमता वृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अध्यक्ष मिश्रले वकिलसँग काम लिएर आउनेहरुलाई तुरुन्तै सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । बार एशोसिएशनको नयाँ कार्यसमितिले आज पदभार समेत ग्रहण गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्