
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को यही बैशाखका लागि तय गरिएको महाधिवेशन आगामी फागुनका लागि सरेको छ ।
रास्वपा केन्द्रीय समितिको वैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाखमा महाधिवेशन गर्ने घोषणा गरिएकोमा पार्टी सभापति रवि लामिछाने नै कारागार चलान भएपछि महाधिवेशनको मिति सारिएको हो ।
आगामी असोजसम्ममा वडा अधिवेशन, कार्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय पनि रास्वपाले गरेको छ । रास्वपा वैठकले प्रदेश इन्चार्जहरु भने तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्