१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक


481
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरु भएको बताउनुभयो । उहाँले राजावादी समूहले शान्तीपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पती तोडफोड आगजनीमा उत्रिएको बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरुले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताउनुभयो ।