Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने सत्तारुढ दलहरुको निर्णय


0
Shares

काठमाडौं । सत्तारुढ दलहरुले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको सत्तापक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र १८ गतेभित्रमा प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था रहेकाले सो अवधिसम्म प्रणामीकरण हुने स्थिति नदेखिएको भन्दै अध्यादेश फिर्ता लिने निर्णय भएको बताउनुभयो । भूमि सम्बन्धी अध्यादेशलाई फिर्ता लिने र नियमित विधेयकको रुपमा सदनमा लैजाने निर्णय भएको बताउनुभयो ।

विधेयक लैजाँदा सत्तारुढ दलहरुका मागहरु सम्बोधन गरेर अघि बढाइने पनि उहाँले जानकारी दिनुभयो ।

Skip This