२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


सुन तस्करी प्रकरणमा मुछिएका एसपी खनाललाई साधारण तारेखमा छाड्न आदेश


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, असोज २ । उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक विकासराज खनाललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र खिलबहादुर कार्कीको संयुक्त इजलासले खनाललाई छाड्न आदेश दिएको हो ।

घटना अनुसन्धानको छानबिन टोलीले विमानस्थलभित्रका प्रहरीसँग सुनको सेटिङ मिलाउनका लागि प्रहरी उपरीक्षक खनालले दुईपटक गरेर ५० लाख रुपैयाँ लिएको औंल्याएको थियो ।

गत चैतमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले वैशाख ११ गते खनाललाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत मोरङको आदेशपछि उनी थुनामा रहेका थिए ।

उच्च अदालत विराटनगरले सुन तस्करीसम्बन्धी मुद्दामै यसअघि इन्स्पेक्टर प्रजित केसी र एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।