Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


तराईमा आज होली पर्व मनाइँदै


78
Shares

काठमाडौं । तराई-मधेशमा आज होली पर्व मनाइँदै छ ।

हिजो बिहीबार काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागू पूर्णिमा (होली पर्व) मनाइयो । फागू पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा रहेको छ । यसै परम्परा अनुसार आज तराई-मधेशमा होली मनाइँदैछ ।

आज होली पर्व मनाइने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत रहेका छन् ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ ।

पहाडी जिल्लामा होली पर्वका लागि बिहीबार सार्वजनिक बिदा दिइएको थियो भने तराई-मधेशका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।