Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


अध्यादेश पारित हुने अवस्था छैन : विश्वकर्मा


3.9k
Shares

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेकोे बताउनुभएको छ ।

रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टिहरुबिचमा असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको उल्लेख गर्नुभयो ।

विश्वकर्माले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भएपनि आवश्यकता महशुस फरक ढंगले भएको बताउँदै यदि हुवहु पारित नभए प्रतिस्थापन विधेयक मार्र्फत संसदीय प्रकृयामा जाने र पारित हुने तर्क गर्नुभयो ।

उहाँले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरि ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको जानकारी गराउँदै अहिलेको गठबन्धन बलियो जगमा उभिएकाले ७ बुँदे सहमति अनुसार नै कायम रही २०८४ सालको निर्वाचनसम्म कायम रहने समेत दाबी गर्नुभयो ।