
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
पार्टी उपाध्यक्ष राजकिशोर यादव संयोजक रहेको कार्यदललले बुधबार अर्थसम्बन्धी अध्यादेशहरुबारे विज्ञसँग छलफल गरेसँगै प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
अध्यादेशको विषयवस्तु अध्ययन गरेर स्वीकृत वा अस्वीकृत गर्नेबारे सुझावसहित पार्टीलाई प्रतिवेदन बुझाउने संयोजक यादवले बताउनुभयो । उहाँकाअनुसार अध्यादेश अध्ययन प्रतिवेदन बिहीबार पार्टीलाई बुझाइने छ ।
कार्यदलको प्रतिवेदनको आधरमा पार्टीले निर्णय गर्ने संयोजक यादवले बताउनुभयो । अध्यादेशका विषयवस्तुहरु सकारात्मक भएपनि अध्यादेशबाट राज्य चलाउने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ । उहाँले केही अध्यादेशलाई पार्टीले सकारात्मक रुपमा लिएपनि केही अध्यादेशहरुप्रति गम्भिर आपत्ति रहेको बताउनुभयो ।
देश अध्यादेशबाट चल्न नहुनेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्