Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


नेपाल अहिले समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा छ : नारायणकाजी श्रेष्ठ


494
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने कुरा दुःखदायी भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले क्रान्ति शुद्धतामा अगाडि नबढ्ने भन्दै नेपालमा सामन्तवाद बिरोधी क्रान्ति आधारभुत रुपमा सम्पन्न भयो की भएन भनेर हेर्न जरुरी रहेको बताउनुभयो । सामन्तवाद बिरोधी क्रान्ति नै गर्छु भन्नु गलत भएको भन्दै सामन्तवाद आधारभुत रुपमा अन्त्य भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले समाजवादउन्मुख समृद्धी अहिलेको मुल कार्यक्रम र रणनीति बनाउनुपर्ने बताउनुभयो । समाज्वादउन्मुख समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार, सदन र सडकमा समन्वय गर्नेगरी समाजवादको लक्ष्यमा केन्द्रित हुन आह्वान गर्नुभयो ।

उहाँले नेपाल अहिले समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा रहेको बताउनुभयो ।