Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


पत्ता लाग्ला त निर्मला पन्तका हत्यारा !


0
Shares

काठमाडौं, असोज २ । निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समितिले निर्मलाको हत्या कसले गरेको हो भनेर निष्कर्षमा पुग्न सकेको छैन ।

अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले नै चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निर्क्यौल छानबिन समितिको छ । ‘हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ,’ उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले भने ।

निर्मलाको हत्या तालिमप्राप्त व्यक्तिबाट भएको खुलेको छ । पोस्टमार्टम रिपोर्टले देखाएअनुसार निर्मलाको घाँटी कर्ड न्याकेर हत्या गरिएको देखिएको हो । घाँटीको कर्ड न्याक्ने कुरा तालिमप्राप्त व्यक्तिबाहेक अन्यले गर्न नसक्ने एक प्रहरी अधिकारी बताउँछन् । –नागरिक दैनिकबाट