
काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन शुरु हुन लागेको हो ।
गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । यसको चार महिनापछि शुरु भएको अधिवेशनका लागि विजनेश पर्याप्त रहेको सरकारले जनाएको छ ।
आज बस्ने बैठकका लागि तय गरिएको कार्यसूचीमा पाँचवटा विषयहरु रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने कार्यसूची पनि रहेको छ । केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ ।
यस्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूचीमा छ । यसैगरि मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।
अधिवेशन शुरु हुने पहिलो दिन आज प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्