Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


शहीदहरुको स्मरणमा मधेश भवन परिसरमा वृक्षारोपण


91
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ ।

आइतवार बिहान मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो ।

माघ ५ गते बलिदानी दिवस मनाइएको थियो । सोही स्मरणमा आज बिहान जनकपुरको मधेश भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताउनुभयो । उहाँले शहीदहरुप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताउनुभयो ।

मन्त्री लेखीले भन्नुभयो, ‘बलिदानी दिवसको अवसरमा हामी केही दिन यता विभिन्न कार्यक्रम गर्दै आएका छौँ । आज बिहान मधेश भवन परिसरमा शहीदहरुप्रति सम्मान व्यक्त गर्दै, शहीदहरुको चीर शान्तिको कामना गर्दै मधेश भवन परिसरलाई स्वच्छ, हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरेका छौँ ।’

मन्त्री लेखीले शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।