
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । साथै तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको र तराई क्षेत्रमा भने साधारणतया बदली मात्रै रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्