१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छु : अध्यक्ष थापा


845
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिवद्धता जनााउनुभएको छ ।

शनिबार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।

अध्यक्ष थापाले राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कुटनैतिक विषयमा जुन महत्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली नाम र पहिचान दिनुभएको भन्दै राष्ट्रनिर्माताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने पनि बताउनुभयो ।