५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


नियमनकारी निकायले बैंक र बीमाको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदाको असर उद्योगमा पर्‍यो : अध्यक्ष अग्रवाल


0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले राष्ट्र बैंक र बीमा प्राधिकरणले बैंक र बीमाको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदा उद्योगमा समस्यामा आएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नियमनकारी निकायहरुले आफ्नो क्षेत्रभित्र पर्ने संस्थाहरुको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदा उद्योगहरुमा त्यसको असर परेको दाबी गर्नुभयो । उहाँले नियमकिय निकायहरुको ध्यान आफ्नो क्षेत्रभित्र पर्ने संस्थाहरुको संरक्षण गर्ने र नाफा सुरक्षित गर्नेतर्फ गइरहेको गुनासो गर्नुभयो ।

अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले जसरी बैंक तथा वित्तीय संस्थाहरुको संरक्षण र नाफा सुरक्षित गर्ने र बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरुको संरक्षण गर्ने नीति लिएको उल्लेख गर्नुभयो । उहाँले बीमा कम्पनीहरुले उद्योग बाहेकका क्षेत्रमा अनिवार्य बीमा गर्दा त्यसले उद्योगहरुको लागत बढाएको बताउनुभयो ।

अध्यक्ष ढकालले विश्व बजार ट्यारिफबाट, ननट्यारिफ गइरहेको बेलामा नेपाल ननट्यारिफबाट ट्यारिफमा गइरहेको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले नियमक निकायले बजारलाई प्रतिष्पर्धी बनाउन बीमाको दर तोक्न नुहुने भन्दै खुला छाडेर प्रतिष्पर्धी बन्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले बीमा कम्पनीहरु प्रतिष्पर्धी बन्दा मात्रै बीमा बजारको बिस्तार हुने बताउनुभयो । उहाँले बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मात्रै संरक्षण गर्ने नीति लिन नहुने बताउनुभयो । उहाँले बीमकहरुले जुनसुकै ठाउँमा बसेर पनि बीमा गर्न पाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बीमा कम्पनीहरुले लगानीको क्षेत्र बिस्तार गर्न आवश्यक रहेको पनि बताउनुभयो ।